logo
२०८१ बैशाख १२ बुधवार



भारतीय गायक अनुग्रहको नेपाली गीत 'नशा'

मनोरञ्जन |


भारतीय गायक अनुग्रहको नेपाली गीत 'नशा'


काठमाडौं, माघ ४ गते । अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत 'नशा' को म्युजिक भिडियोमा शान भुसालको शब्द तथा संगीत रहेको छ । यस गीतमा भारतका प्रसिद्द गायक अनुग्रह बिष्टको स्वर छ । ‘नशा’ को रेकर्डिंग मुम्बईको बीबीजे स्टुडियोमा गरिएको हो ।

लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियो निर्देशन बिकास बराइलीले गर्नुभएको हो । भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय छ । भिडियोमा छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गर्नुभएको हो ।

भिडियोमा एक युवकको कारण पतिपत्निको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाइएको छ ।

संगीतकार भुसालले ‘जदौ’ नामक फिल्ममा समेत संगीत दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?