logo
२०८१ बैशाख ७ शुक्रवार



लता मंगेशकरको स्वास्थ्य अवस्था स्थिर

मनोरञ्जन |


लता मंगेशकरको स्वास्थ्य अवस्था स्थिर


काठमाडौं, माघ ३ गते । वरिष्ठ गायिका लता मंगेशकर कोरोना संक्रमित भएपछि ८ जनवरीदेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना हुनुहुन्छ । आइतबार साँझ उहाँको अवस्था नाजुक भएको खबर आएको थियो ।

तर, हालै लता मंगेशकरका प्रवक्ताले आफ्नो बयानमा यी खबरलाई अस्वीकार गर्नुभएको छ । उहाँको अवस्था स्थिर रहेको पनि उहाँले बताउनुभयो ।

यसैबीच अस्पतालमा लता मंगेशकरको उपचार गरिरहनुभएकी डा प्रतित समधानी भन्नुहुन्छ, ‘उहाँ अझै आईसीयूमा चिकित्सकको निगरानीमा हुनुहुन्छ । अहिले उहाँको स्वास्थ्यमा केही सुधार आएको छ । उहाँको स्वास्थ्यमा थोरै सुधार आउनु सकारात्मक संकेत हो ।'

गायिकाका परिवारका सदस्यले उहाँको स्वास्थ्यमा सुधारको संकेत देखिएको र कोभिडको केस भएकाले उमेरलाई ध्यानमा राख्नुपर्ने बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?