logo
२०७८ माघ ८ शनिवार



स्वस्तिमा अभिनित दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक

मनोरञ्जन |


स्वस्तिमा अभिनित दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक


काठमाडौं, पुस ३० गते । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलर मलयालम भाषामा सार्वजनिक भएको हो ।

फिल्मका निर्माता एसके लरेन्स हुनुहुन्छ भने राजीव शेट्टीले निर्देशन गर्नुभएको हो । फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै, जोनी एन्टोनी र धर्मजान बोलगट्टीको अभिनय पनि देख्न सकिन्छ । फिल्म जेभियर एलेक्स र राजीव शेट्टीले लेख्नुभएको हो ।

यस फिल्मको ट्रेलरमा स्वस्तिमा खड्काको 'आइटम डान्स' का केही झलकहरू देखाइएको छ । यस्तै, ट्रेलरमा नेपालका अर्का अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ ।

कमेडी जनरामा बनेको यो फिल्म सन् २०२२ मा रिलिज हुने बताइएको छ । फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?