logo
२०८० चैत्र १६ शुक्रवार



भारत र रुसबीच सम्झौता, राष्ट्रपति पुटिन आज भारत आउदै

अन्तर्राष्ट्रिय |


भारत र रुसबीच सम्झौता, राष्ट्रपति पुटिन आज भारत आउदै


नयाँदिल्ली, मङ्सिर २० गते । भारत र रुसका बीचमा सोमबार विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विशेष गरेर सैनिक सेवाका लागि आवश्यक पर्ने कामका लागि सहयोग र सहकार्य गर्ने सम्झौतामा उल्लेख गरिएको छ । भारतका रक्षा मन्त्री राजनाथ सिंह र रुसका समकक्षी सेर्गेइ शोयगुको सहभागीतामा भएको बैठकपछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

“भारतलाई रुसले गरेको बलियो सहयोगको भारत गहिरोसँग स्वागत गर्दै धन्यवाद ज्ञापन गर्दछ,” भारतका विदेश मन्त्री सिंहले भन्नुभयो । भारत र रुसकाबीचमा भएको सहयोग र सहकार्यको आदानप्रदानको सम्झौताले यस क्षेत्रमा शान्ति र स्थीरता स्थापना गर्न सहयोगी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “रुसी समकक्षीसँगको भेटवार्ता अत्यन्त उपलब्धीमुलक र उपयोगी भयो ।”

भारतले रुससँगको सहकार्य र सम्झौतालाई विशेष महत्वका साथ लिएको र रणनीतिक साझेदारको रुपमा बुझेको उहाँको भनाई छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भारत भ्रमणमा आउन लागेकै दिन भारत र रुसकाबीचमा यस्तो महत्वपूर्ण सम्झौता भएको हो । विदेश भ्रमण निकै कम गर्ने पुटिन भारत—रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन सोमबार भारत आउन लाग्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?