logo
२०८० चैत्र ६ मंगलवार



काँग्रेसलाई सही नेतृत्व आवश्यक : नेता सिंह

राष्ट्रिय |
राजनीति |


काँग्रेसलाई सही नेतृत्व आवश्यक : नेता सिंह


काठमाडौं, मङ्सिर १७ गते । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ केन्द्रीय महाधिवेशनबाट पार्टीलाई मजबुत बनाउन सही नेतृत्व आउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार बागमती प्रदेश समितिमा आकांक्षीको उम्मेदवारी घोषणा कार्यक्रममा सिंहले प्रजातन्त्रको रक्षाका लागि परिवर्तन चाहने समूह काँग्रेस महाधिवेशनबाट नेतृत्वमा आउनुपर्ने जोड दिनुभएको हो ।

१४ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको नेता सिंहले भविष्यमा जनतालाई भरोसा दिने पार्टीको रुपमा काँग्रेसलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

‘पार्टीमा २० वर्ष देखि ५० वर्षसम्म काम गरिसकेका सबै जना हुनुहुन्छ तर सबैलाई दिन सकिँदैन’, उहाँले भन्नुभयो, ‘तर, इच्छा गरेको पाइएन भनेर गुनासो नपोख्ने गरी पार्टीलाई मजबुत गर्न ठीक नेतृत्व र टिमलाई भोट दिन आवश्यक छ ।’

काँग्रेस महाधिवेशनका प्रतिनिधिले परिपक्व निर्णय ग¥यो भन्ने ढंगबाट महाधिवेशनमा भोट हाल्न उहाँले आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?