logo
२०८० चैत्र १६ शुक्रवार



वीरगञ्जमा मानवीय सहायतास्थल तयार

खुला |


वीरगञ्जमा मानवीय सहायतास्थल तयार


काठमाडौं, मङ्सिर १७ गते । आपत्कालीन तयारी क्षमता वृद्धिका लागि प्रदेश नं २ को वीरगञ्जमा नयाँ ‘मानवीय सहायतास्थल’ तयार गरिएको छ । दुई हजार ३२ वर्ग मेट्रिक टन भण्डारण क्षमता भएको उक्त मानवीय सहायतास्थल बेलायतको आर्थिक सहयोगमा संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले गृहमन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास बोर्डको सहकार्यमा निर्माण गरेको हो । सो स्थलको आजदेखि शुभारम्भसमेत गरिएको छ ।

गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, यहाँस्थित डब्लुएफपीका नेपाल प्रतिनिधि रोबर्ट कास्का तथा बेलायती राजदूतावासका प्रतिनिधि शुभारम्भ कार्यक्रममा सहभागिता रहेको डब्लुएफपीद्वारा आज यहाँ जारी विज्ञप्तिा जनाइएको छ ।

सो अवसरम गृहसचिव पाण्डेले मानवीय सहायतास्थलबाट मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्ज सहित प्रदेश नं २ को आपत्कालीन पूर्वतयारीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस मानवीय सहायतास्थलले स्थलमार्गबाट आउने आपत्कालीन सामग्रीको प्राप्ति, भण्डारण र देशको अन्य विपद् प्रभावित क्षेत्रमा ढुवानीमा समेत उल्लेखनीय योगदान पुग्नेछ ।”

सो अवसरमा डब्लुएफपीका देशीय प्रतिनिधि कास्काले धनजनको सुरक्षाका लागि विपद्भन्दा अगाडि आकस्मिक तयारीमा लगानी गर्नु एउटा प्रभावकारी तरिका भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हरेक प्रदेशको विपद्का समयमा चाँडो र प्रभावकारी ढङ्गले काम गर्नसक्ने क्षमताको अभिवृद्धि होस् भनेर नेपाल सरकारसँग मिलेर काम गर्न खुसी छौँ ।” अन्य प्रदेशमा सातवटा यस्ता मानवीय सहायतास्थल छन् । कोभिड–१९ महामारी र अन्य आकस्मिक विपद्का अवस्थामा सरकारको उद्धार तथा राहत कार्यक्रममा महत्वपूर्ण सहयोग पु-याइरहेका छन् । डब्लुएफपीले सन् २०१३ देखि नेपालमा आपत्कालीन तयारी र क्षमता वृद्धिलाई सुदृढ सहयोग पु¥याइरहेको छ । सन् २०१५ को विनाशकारी भूकम्पको एक महिना अगाडि बेलायतको आर्थिक सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा मानवीय सहायतास्थल स्थापना गरिएको थियो । यसले भूकम्पपछिको विपद्को उद्धार कार्यमा ठूलो सहयोगसमेत पु-याएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?