logo
२०८० चैत्र १६ शुक्रवार



सोह्रखुट्टेको एक गार्मेन्टमा आगलागी

राष्ट्रिय |


सोह्रखुट्टेको एक गार्मेन्टमा आगलागी
संकेतिक तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १७ गते । काठमाडौंको नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । शुक्रबार दिउँसो करिब २ बजेबाट आगलागी भएको हो । प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क बिकका अनुसार अहिले आगो निभाउने काम भइरहेको छ।

छ वटा दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि अहिले ट्याङ्करबाट पानी बोकेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

‘हामी अहिले आगलागी नियन्त्रण गर्ने प्रयास गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘छ वटा दमकलले आगो ननिभेपछि ट्याङ्करले पानी बोकेर निभाउने प्रयास गरिरहेका छौँ ।’

आगो नियन्त्रणका लागि अहिले घटनास्थलमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोली, दमकल र ट्याङ्कर पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?