logo
२०८० चैत्र १६ शुक्रवार



चलचित्र 'बन्ठे' को टिजर सार्वजनिक

मनोरञ्जन |


चलचित्र 'बन्ठे' को टिजर सार्वजनिक


काठमाडौं, मङ्सिर ८ गते । चलचित्र बन्ठेको टिजर सार्वजनिक भएको छ । नेपाली चलचित्र बन्ठे धेरै समय अगाडी छायाँकन गरिएको थियो । तर प्रदर्शनमा भने आउन सकेकाे थिएन ।

चलचित्र 'बन्ठे' पनि कोरोना महामारीको सिकार बनेको थियो । चलचित्रभित्र विकट ठाउँ र त्यहाँ भएका राजनितिक गतिविधिहरुलाई समेटिएको छ ।

अहिले चलचित्र प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ । प्रदर्शन मिति नखुलाएपनि चलचित्रको हालै सानो टिजर सार्वजनिक भएको छ ।

जसमा अभिनेत्री संचिता लुइटेल, मनिष भण्डारी, उमेश सिवाकोटी, राकेश रनपाल, दिक्षा पाठक, परि शाक्य, विसाल श्रेष्ठ, हरेराम दाहाल, नमराज घिमिरे, बाबुराम बस्नेत, नविन राई, अर्जुन खड्का, सन्जय शाह र किरण लगायतको अभिनय रहेको छ ।

यस्तै, चलचित्रमा उद्स्या सिवाकोटी, र सुमिना दाहालले बालकलाकारहरुको भुमिका निर्वाह गर्नु हुनेछन् । यस चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?