logo
२०८० चैत्र ६ मंगलवार



'गाउँ आएको बाटो' मा दयाहाङ राई

मनोरञ्जन |


'गाउँ आएको बाटो' मा दयाहाङ राई


काठमाडौं मङ्सिर ७ गते । राई समुदायमा आधारित 'गाउँ आएको बाटो' चलचित्र बन्ने भएको छ । महेश राईले लेख्नुभएको चलचित्रमा राई समुदायकै कलाकारको अभिनय रहनेछ ।

अमोद राईको निर्माणमा बन्ने साे चलचित्रमा दयाहाङ राई, मीरा राई, पशुपति राई, प्रशन राई, केशव राई, प्रमिशा राई लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिनेछ । निर्देशक नवीन सुब्बाका अनुसार चलचित्र राई समुदायमा आधारित भएको हुनाले यसमा विशेषगरी राई कलाकारहरुकै अभिनय रहेको छ । 

यस्तै, चलचित्र अन्तर्राष्ट्रिय रुपमा सामुदायिक लगानीमा निर्माण हुन लागेको बताइएको छ । अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट र गुणस्तरीय चलचित्र बनाउने उद्देश्य रहेको निर्माता अमोद राईले बताउनुभयो ।

अभिनेता दयाहाङ राईले यसमा चुनौती र अवसर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, 'आफ्नै समुदायमा बन्न लागेको यो चलचित्रले फेरि आफ्नो समुदाय फर्किन पाउँदा धेरै खुशी लागेको छ ।'

मंगलबार ललितपुरको पुलचोकमा चलचित्र गाउँ आएको बाटो को घोषणा कार्यक्रम आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?