logo
२०८० चैत्र १५ बिहीवार



‘समृद्धि नै एकमात्र लक्ष्य’

मुख्य समाचार |


‘समृद्धि नै एकमात्र लक्ष्य’


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक अगाडि बढे नेपाल १० वर्षभित्र दक्षिण एसियामा सम्पन्न राष्ट्रका रूपमा विकसित हुने बताउनुुभएको छ । अबको लक्ष्य एकमात्र समृद्धिको दिशामा अग्रसर हुने रहेको उहाँले बताउनुभयो ।

विज्ञापन दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले भन्नुुभयो, “धेरै ठूलो त्याग, तपस्या र उत्सर्गबाट राजनीतिक प्रणाली स्थापित गरिसकेको सन्दर्भमा अब एउटै मात्र लक्ष्य समृद्धि हो ।” केवल भाषण र दस्तावेजमा मात्रै समृद्धिको कुरा गरेर जनताले समृद्धिको अनुुभूति गर्न नसक्ने टिप्पणी गर्दै उहाँले जनताले अनुुभूति गर्न सक्ने गरी सबैलाई आ–आफ्नो स्तरबाट जिम्मेवारीपूर्वक लाग्न आह्वान गर्नुुभयो ।

आफैँले आफ्नो आचरणलाई अनुुशासित गर्न सके मात्र लोकतन्त्र जनताका लागि हुुन सक्ने उहाँको भनाइ थियो । नियम–कानुन र आचारसंहिताको मात्रै कुरा गरेर समाज अगाडि बढ्न नसक्ने जिकिर उहाँले गर्नुुभयो । राजमार्गमा गरिने विज्ञापन, सहरी क्षेत्रमा राखिने होर्डिङ बोर्ड, सामान्य किराना पसलदेखि डिपार्टमेन्टल स्टोरमा राखिने विज्ञापनले के कस्ता सकारात्मक र नकारात्मक प्रभाव पार्छ भन्ने विषयमा पर्याप्त अध्ययन गर्नुुपर्ने सुुझाव उहाँले दिनुुभयो ।
कानुनले निषेध गरेको वस्तु वा सामग्रीको प्रचारप्रसार नगर्न नगराउन विज्ञापनदाता, व्यवसायी र विज्ञापन बोर्डलाई प्रतिबद्ध रहन मन्त्री कार्कीले निर्देशन दिनुुभयो । नेपाली विज्ञापन व्यवसायको प्रवद्र्धन र विकासका लागि नेपाल सरकारले नीतिगत व्यवस्था गरेको बताउँदै उहाँले विदेशी टीभी र च्यानलमा ‘क्लिन फिड’ लागू गरिएको छ भन्नुुभयो ।

सरकारले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापनले प्रकाशन र प्रसारणमा सहयोग गर्नुुका साथै विज्ञापन बजार विस्तार गर्न महìवपूर्ण भूमिका निर्वाह गरेको मन्त्री कार्कीको भनाइ छ । विज्ञापन व्यवसाय अझै सुुदृढ बनाउन नेपाल सरकार अन्य कार्यक्रम कार्यान्वयनका लागि तयार रहेको जानकारी दिँदै उहाँले तर त्यसका लागि सबै सरोकारवालाको सहयोग र साथ आवश्यक रहने बताउनुुभयो ।
विज्ञापन दिवसका अवसरमा शुुभकामना दिनुुअघि मन्त्री कार्कीले विज्ञापन आचारसंहिता, २०७८ को मस्यौदा सार्वजनिक गर्नुुभयो । मस्यौदामा विज्ञापन सङ्घ, सञ्चारमाध्यम तथा उद्योगी, व्यवसायीबाट सुुझाव मागिएको छ । सुुझाव ग्रहण गरी मस्यौदालाई कानुनी रूप दिइने प्रतिबद्धता उहाँले जनाउनुुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले ‘क्लिन फिड’ लागू गरेको वर्ष दिन बित्न लाग्दा सकारात्मक र नकारात्मक प्रभावबारे अध्ययन गर्न बोर्डलाई सुुझाव दिनुुभयो । विज्ञापन आचारसंहिता मस्यौदा, २०७८ मा सरोकारवाला निकायबाट आउने सुुझावले विज्ञापनसम्बन्धी नीतिलाई व्यवस्थित र मर्यादित बनाउन सहयोग पुुग्ने उहाँले बताउनुुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमा आउने विज्ञापनलाई करको दायरामा ल्याएर वैधता प्रदान गर्न आग्रह गर्नुुभयो । ‘क्लिन फिड’ लागू भएपछि स्वदेशी उत्पादनको प्रोत्साहन हुुनुुपर्ने तर त्यसो हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै उहाँले विज्ञापन व्यवसायलाई अतिप्रभावित क्षेत्रमा राखेर सहुुलियत प्रदान गर्न आग्रह गर्नुुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुुल पोखरेलले २० अर्ब लगानी रहेको नेपालको मिडिया क्षेत्रलाई जोगाइराख्न विज्ञापनसम्मको पहुुँच र वितरण पारदर्शी बनाउन सुुझाव दिनुुभयो । विज्ञापन सङ्घ, नेपालका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डमा विज्ञापन सङ्घको प्रतिनिधित्व गर्न बैङ्किङ च्यानलबाहिरबाट आउने विज्ञापनमाथि निगरानी गरेर कानुनी दायरामा ल्याउन आग्रह गर्नुुभयो ।
बोर्डका अध्यक्ष लक्ष्मण हुुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा मिडिया एलायन्सका अध्यक्ष भाष्कर राजकर्णिकारले वार्षिक छ सयदेखि सात सय करोडसम्मको विज्ञापन हुुँदै आए पनि सञ्चारगृहसम्म पुुग्दा ८० प्रतिशत रुपियाँ हराएको दाबी गर्नुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?