logo
२०८० चैत्र १५ बिहीवार



अफगानिस्तानको कृषि मन्त्रालयद्वारा रोजगारी सिर्जना र खाद्य सङ्कट हटाउने कार्यक्रम

अन्तर्राष्ट्रिय |


अफगानिस्तानको कृषि मन्त्रालयद्वारा रोजगारी सिर्जना र खाद्य सङ्कट हटाउने कार्यक्रम


काबुल, कात्तिक ८ गते । अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले यहाँका युवालाई कृषिक्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालन वृद्धिका क्षेत्रमा कार्यक्रमहरु ल्याएको छ । सो मन्त्रालयले कृषिको विकासका माध्यमबाट यहाँका युवाहरुको रोजगारीमा वृद्धि गर्नुका साथै खाद्य उत्पादनका माध्यमबाट खाद्य सङ्कट हटाउने कार्यक्रम ल्याएको हो । उक्त मन्त्रालयले शुक्रबार देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यक्रमलाई देशव्यापी रुपमा कार्यान्वयनमा ल्याइने र यसका माध्यमबाट अफगानिस्तानमा बेरोजगारी हटाई गरिबी निवारण गरिने कार्यक्रम रहेको सो मन्त्रालयले जनाएको छ । अफगानिस्तानको कामचलाउ सरकारको मन्त्रिपरिषदले पारित गरेर सो कार्यक्रम सञ्चालनको घोषणा गरिएको पनि कृषि तथा पशुपालन मन्त्रालयले जानकारी दिएको छ ।

यस अन्तर्गत अबका एक दुई दिनमै अफगानिस्तानमा कामका लागि खाद्यान्न कार्यक्रम घोषणा गरिने छ र यसअन्तर्गत लाखौँ मानिसलाई काम लगाइने छ ।उनीहरुले काम गरेबापत खाद्यान्न प्राप्त गर्नेछन् । यसबाट यहाँ अहिले देखिएको खाद्यान्नको सङ्कट पनि हट्ने बताइएको छ । प्राप्त समाचारअनुसार सो कार्यक्रममा सोमबार नै अफगानिस्तानको राजधानी काबुलमा काम थालिनेछ ।

कृषि मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार काबुलमा कम्तीमा पनि ४० हजार जना मानिस यस कार्यक्रम अन्तर्गत काम गर्नेछन् । यसमार्फत उनीहरुले चामल, गहुँको पिठोलगायतका खाद्यान्न पाउनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?