logo
२०८१ बैशाख ६ बिहीवार



महिला फुटबल : गोदावरीको जीत 

खेलकुद |


महिला फुटबल : गोदावरीको जीत 
फाइल फाेटाे


    
काठमाडौँ,  कात्तिक ८ गते । गोदावरी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा महालक्ष्मी नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गर्दै गोदावरीले पहिलो जित दर्ता गराएको हो । गोदावरीको जीतमा दावा डोल्मा लामा र एस्थर तामाङले दुई÷दुई गोल गरिन् भने यान्जोम रोकायाको नाममा एक गोल रह्यो ।    
    
 महालक्ष्मीकी कप्तान सरु राईले दुई र पूजा लामाले एक गोल गरिन् । जीतसँगै गोदावरीले तीन खेलमा तीन अङ्क जोड्यो । महालक्ष्मीको यो लगातार तेस्रो हार हो । समूह ए मा रहेका दुवै टोली बाहिरिसकेका छन् । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले विभिन्न १० समूहमा विभाजन गरेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । प्रतियोगितामा विजेता टोलीले रु. पाँच लाख तथा उपविजेताले रु. तीन लाख पाउनेछन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?