logo
२०८० चैत्र १६ शुक्रवार



भारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


भारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु


नयाँ दिल्ली, कात्तिक ३ गते । भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौं व्यक्तिको ज्यान गएको बताइएको थियो । योसँगै यता उत्तराखण्डमा पनि अविरल वर्षा र बाढी आएको बताइएको छ ।

यहाँका अधिकारीहरुले मङ्गलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन् । यहाँका मौसमसम्बन्धी विज्ञहरुले उत्तराखण्डमा वर्षा जारी रहेको बताएका छन् । साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?