logo
२०८० चैत्र १६ शुक्रवार



‘माया पिरेम’गीतमा टिकटक बनाउने उत्कृष्टलाई एक लाख दिने घोषणा

मनोरञ्जन |


‘माया पिरेम’गीतमा टिकटक बनाउने उत्कृष्टलाई एक लाख दिने घोषणा


काठमाडौं, कात्तिक २ गते । अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित गीत ‘माया पिरेम’ले टिकटक प्रयोगतकर्ताहरुको अनुरोधमा सो गीतमा अभिनय गरी टिकटक बनाउने उत्कृष्टलाई एक लाखको घोषणा गरेको छ ।

ट्रि इन्टरटेमेण्टको व्यानरमा तयार भएको सो गीतमा उत्कृष्ट प्रतियोगीलाई क्रमशः एक लाख, दोश्रो हुनेलाई ५० हजार तथा तेश्रो हुनेलाई २५ हजार प्रदान गरिने छ ।

टिकटकमा ट्री इन्टरटेन्मेन्टको यूट्यूबमा गीतको क्लिपहरु राखिएको छ । प्रतियोगीहरुले आयोजकले दिएको विभिन्न ह्यास्ट्या प्रयोग गर्दै आफ्नो भिडियो बनाउनुपर्नेछ । भ्युज र लाइकको आधारमा विजेता घोषणा गरिनेछ । कलाकार देलविस दर्शनधारी र राज तुम्बाहाम्फेको पनि अभिनय रहेको सो भिडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?