logo
२०८१ बैशाख ८ शनिवार



हास्यकलाकार मनोज गजुरेल बिवाह बन्धनमा 

मनोरञ्जन |


हास्यकलाकार मनोज गजुरेल बिवाह बन्धनमा 


काठमाडौं, असोज २५ गते । चर्चित हास्यकलाकार मनोज गजुरेल बिवाह बन्धनमा बाँधिनुभएको छ ।
सोमबार मनोज र न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलले भक्तपुरको डोलेश्वर मन्दिरमा बिवाह गर्नुभएको हो । गजुरेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स र तस्वीर राख्दै आफूहरु बिवाह बन्धनमा बाँधिएको जानकारी दिनभएको हो ।
२२ वर्ष लामो बैवाहिक जीवनको अन्त्य गर्दै चर्चित मनोजले २०७४ साल माघमा सम्बन्ध विच्छेद गर्नुभएको थियो । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ ।
साथै उहाँले सामाजिक सञ्जालमार्फत् आफ्नोबारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?