logo
२०८१ बैशाख ८ शनिवार



बालबालिकालाई दशैँलगत्तै खोप

मुख्य समाचार |


बालबालिकालाई दशैँलगत्तै खोप


सरोज ढुङ्गेल

काठमाडौँ, असोज १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई लगाउने कोरोनाविरुद्धको खोप दशैँपछि तत्काल आउने बताउनुभएको छ । फाइजर कम्पनीले उत्पादन गरेको खोप दशैँलगत्तै आउने उहाँले बताउनुभएको हो ।
कोरोना महामारीको सम्भावित तेस्रो लहर र त्यसको जोखिममा बालबालिका पर्न सक्ने आकलन भइरहेकाले १८ वर्षमुनिका बालबालिकाका लागि खोप अनिवार्य छ, राज्यमन्त्री श्रेष्ठले भन्नुुभयो । कान्ति बाल अस्पताललाई चु जी फाउन्डेसनद्वारा पेडियाट्रिक भेन्टिलेटर र १० वटा हाई फ्लो नेजल क्यानुला सहयोग तथा हस्तान्तरण गर्ने क्रममा उहाँले नेपालमा खोप लगाउने कार्य दु्रत गतिमा बढेको बताउनुभयो ।
कान्ति बाल अस्पताल बालबालिकाको एक मात्र विशेष अस्पताल भएकाले कोरोनाको तेस्रो लहरका लागि फाउन्डेसनले प्रदान गरेको भेन्टिलेटरले ठूलो काम गर्ने उहाँले बताउनुभयो । हेल्थ इन्भारोन्मेन्ट तथा क्लाइमेन्ट एक्सन फाउन्डेसन (हेकाफ ३६०)को समन्वयमा चु जी फाउन्डेसनले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो । राज्यमन्त्री श्रेष्ठले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री कान्ति अस्पताललाई हस्तान्तरण गर्नुभयो ।
सम्भावित तेस्रो लहरको पूर्वतयारी सुरु भइसकेको भन्दै उहाँले कान्ति बाल अस्पताल देशको बालबालिकाको विशेष सेवासहितको एक मात्र बाल अस्पताल भएकाले बालबालिकाको उपचारका लागि तयारी अवस्थामा बस्नुपर्ने बताउनुभयो । कान्ति अस्पताललाई तीन सय शøयाबाट पाँच सय शøया बनाउने लक्ष्य रहेको छ । कान्तिमा आईसीयूलगायत अन्य सेवा विस्तारका लागि जनशक्ति थप गर्न पनि मन्त्रालय सकारात्मक हेको उल्लेख गर्दै राज्यमन्त्री श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप रहेकाले दशँैपछि बालबालिकाका लागि लगाइने एक लाख मात्रा फाइजर खोप आउने बताउनुभयो । उहाँले मङ्सिरदेखि फागुनसम्ममा फाइजर र मोडर्ना खोप गरी एक करोड मात्रा खोप आउने सुनिश्चितता हुने भन्दै त्यसपछि बालबालिकालाई खोप लगाउने कार्यक्रम सुरु हुने जानकारी दिनुुभयो ।
कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझीले बाल स्वास्थ्यमा अस्पतालले ठूलो योगदान पु¥याएको चर्चा गर्दै अस्पताललाई उपकरणसँगै जनशक्तिको अभाव भएको सुनाउनुुभयो । उहाँले देशभरका साधारण, विपन्न तथा सीमान्तकृत जनताको बढी पहुँच भएको यो अस्पतालमा उपलब्ध सेवा सर्वसुलभ हुनुपर्नेमा जोड दिनुभयो । एकीकृत ५२ शøयाकोे विस्तारित आईसीयू सञ्चालन गर्न र ५६ जनाको दरबन्दीमध्ये २० चिकित्सक तथा ३५ जना नर्स, एक बायोमेडिकल इन्जिनियरको अस्थायी दरबन्दी पुनः स्वीकृति प्रक्रिया स्वास्थ्य मन्त्रालयमा रहेको छ ।
हेल्थ इन्भारोमेन्ट एन्ड क्लाइमेन्ट एक्सन फाउन्डेसन (हेकाफ ३६०)का संयोजक महेश नकर्मीले सम्भावित तेस्रो लहरमा बालबालिका जोखिममा पर्न सक्ने भन्दै दुई सयवटा भेन्टिलेटर चु जीमार्फत नेपाल ल्याएको र बालरोगको उपचार हुने कान्तिलगायतका अस्पताललाई वितरण गरिने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?