logo
२०८१ बैशाख ६ बिहीवार



सोमालियामा बम आक्रमणबाट सातको मृत्यु, नौ जना घाइते

अन्तर्राष्ट्रिय |


सोमालियामा बम आक्रमणबाट सातको मृत्यु, नौ जना घाइते
सांकेतिक तस्बिर


मोगादिसु, असोज १० गते । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम विस्फोट भएको स्थान मोगादिसुस्थित राष्ट्रपति कार्यालयनजिक रहेको बताइएको छ ।

शनिबार सो बम आक्रमण भएको प्रहरीले जनाएको छ । यहाँका एकजना प्रहरी अधिकारीले प्रहरी चौकीनजिकै केही व्यक्तिले विस्फोटक पदार्थले आक्रमण गरेका थिए । आक्रमणका क्रममा एकजना आक्रमणकारी पनि मारिएको बताइएको छ । सो आक्रमण सोमालियामा हिंसात्मक हमला गरिरहेको अल सेबाब विद्रोही समूहले गरेको अनुमान गरिएको छ । त्यस आक्रमणमा उनीहरुले शक्तिशाली विस्फोटक पदार्थ प्रयोग गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?