logo
२०८० चैत्र १६ शुक्रवार



दश बुँदे सहमतिपत्र अक्षरस कार्यान्वयन हुनुपर्छ : झपट रावल

राष्ट्रिय |


दश बुँदे सहमतिपत्र अक्षरस कार्यान्वयन हुनुपर्छ : झपट रावल


काठमाडौैं, असोज ८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय सदस्य झपट रावलले दश बुँदे सहमतिपत्र अक्षरस कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिस्ठानमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको अध्यक्षता ग्रहण गर्नु अघि नै रावलले दश बुँदे सहमति कार्यान्वयनका लागि प्रस्ताव गर्नुभएको हो । बैठक पश्चात् सञ्चारमाध्यमहरुसँग प्रतिक्रिया दिनुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।

सर्वोच्च अदालतको गत फागुन २८ गतेको फैसलाले नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई पूर्ववत् अवस्थामा ब्यूँझाएको थियो । सोही अनुरुप एमालेलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थाबाट अघि बढ्ने विषयमा विगतको एमाले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले सर्वसम्मतरुपमा सहमति जुटेपनि कार्यान्वयन नहुँदा अनिर्णयको बन्दी भएको र यस विषयमा पार्टीभित्रै पनि फरक–फरक बुझाई रहेको रावलले बताउनुभयो ।

एमालेलाई जेठ २ बाट अघि बढाउने विषयमा अन्तर पार्टी निर्देशन (अपानी) जारी गरिएको विषयमा अध्यक्ष ओलीले छिट्टै नै स्थायी कमिटी बैठक बसेर छलफल गरिने प्रतिक्रिया दिनुभएको रावलले बताउनुभएको छ ।

दश बुँदे सहमतिपत्र अक्षरस कार्यान्वयन नभएको अवस्थामा उहाँहरु निर्णय लिने विषयमा स्वतन्त्र हुनुहुन्छ, रावल बताउनुहुन्छ । तात्कालीन अवस्थामा एमाले विभाजन अघि वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा रहँदै आउनुभएका रावल लगायतका तेस्रो धारका नेताहरुले दश बुँदे सहमतिपत्र कार्यान्वयनमा जोड दिएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?