logo
२०८० चैत्र १६ शुक्रवार



काठमाडौंमा मिसेस नेपाल इन्टरनेशनल प्रतियोगिता हुँदै

मनोरञ्जन |


काठमाडौंमा मिसेस नेपाल इन्टरनेशनल प्रतियोगिता हुँदै


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । नेपालको सबैभन्दा ठूलो प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको रुपमा आयोजना हुन लागेको छ ।

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको विवाहित महिलाका लागि सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलको पाँचौ संस्करण सम्पन्न गरेको संस्थाले सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित भएको थियो । कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

यस वर्ष मिसेस नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासंगै कार्यक्रमको बिजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने बताइएको छ । यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मन्चबाट मिसेस नेपाल वर्ल्ड र मिसेस नेपाल इन्टरनेसनलका साथै एम. एस. नेपाल इन्टरनेसनल गरी तीन जना बिजेताहरुको छनोट गर्नेछ।

यसैगरी मिसेस इन्टरनेसनल नेपाल तथा एम. एस. नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने मिसेस इन्टरनेसनल तथा एम. एस. इन्टरनेसनलमा सहभागिता जनाउने छन। यो वर्ष मिसेस वर्ल्डमा नेपालको पहिलो सहभागिता हुने बताइएको छ ।

बिगतको वर्षमाझैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा बनाएको संस्थाले यस वर्ष क्यान्सर बिरुद्धको जनचेतना अभियानलाई मुद्दा बनाएको छ। यसअघि सम्पन्न मिसेस इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले क्रमशः उपाधी जित्नुभएको थियो ।

मिसेस इन्टरनेसनलमा यसअघि नेपालबाट सुरुचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधीहरु जित्दै नेपाल र नेपालीको प्रतिष्ठा बढाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?