logo
२०८० चैत्र १६ शुक्रवार



शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध

अन्तर्राष्ट्रिय |


शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगको अनुरोध
तस्विर-फाइल


इस्लामावाद, असोज ३ गते । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगले अफगानिस्तानको अवस्थाको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएको छ । यहाँको अवस्था दिन प्रतिदिन खराब हुदै गएको भन्दै सो निकायले अफगानिस्तानका नागरिकहरुका लागि पनि यहाँका तालिबानहरुसँग सम्पर्कमा रहिरहन आग्रह गरेको हो ।

हाल इस्लामावादको भ्रमणमा रहनुभएका शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त फिलियो ग्रान्डीले अफगानिस्तानमा मानवीय सहायताको खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो–हामी पनि अफगानिस्तानमा मानवीय सहायताको कामका लागि अहिले संलग्न भइरहेका छौँ र अरु पनि विश्व समुदाय यहाँको अवस्थाको बारेमा जानकार रहने र आवश्यक सहयोगका लागि लाग्नुपर्ने बताउनुभयो ।

हाल अफगानिस्तानको अन्तरिक प्रशासनसँग संलग्न भएर आफूहरुले काम गरेको धारणा उहाँले राख्नुभयो । उहाँले अफगानिस्तानमा अहिले पनि ठूलो संख्याका महिला तथा बालबालिकाका लागि सहायताको खाँचो परेको बताउनुभयो ।

यसका लागि विश्व समुदाय चनाखो नहुने हो भने यहाँको अवस्था झन् बिग्रँदै जाने पनि उहाँले बताउनुभयो । अहिले अफगानिस्तानमा धेरै कुराको खाँचो छ, यहाँका नागरिकलाई खाना, औषधि, बास तथा अन्य सबै चिजहरु चाहिएको छ उहाँले भन्नुभयो ।

उहाँका अनुसार यहाँको आर्थिक अवस्था झन् नाजुक भएको पनि उहाँले बताउनुभयो । यहाँ आर्थिक संकट आइसकेको जानकारी उहाँले दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?