logo
२०८० चैत्र १५ बिहीवार



मोडल तथा कलाकार घिमिरेको निधन

मनोरञ्जन |


मोडल तथा कलाकार घिमिरेको निधन


 

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १६ गते । मोडल तथा कलाकार निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । मोडल घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पीआर डिपार्टमेन्टका प्रमुख सोमनाथ बास्तोलाले बताउनुभयो ।

लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको बास्तोलाको भनाइ छ । उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उहाँका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार विहानदेखि अवस्था गम्भीर बन्न पुगेको बास्तोलाको भनाइ छ । नर्भिक अस्पतालले घिमिरेलाई गत जेठ २७ गते घरबाट उद्धार गरेर उपचार गरिरहेको थियो । 

उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । उहाँको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको थियो । लामो समयसम्मको उपचारपछि पनि उहाँको अवस्था स्थिर नै रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?