logo
२०८१ बैशाख ८ शनिवार



लागू औषध मुद्दामा भारतीय अभिनेता कोहली गिरफ्तार

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


लागू औषध मुद्दामा भारतीय अभिनेता कोहली गिरफ्तार
तस्विर–एएनआई


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । लागू औषधको मुद्दामा भारतको लागू औषध नियन्त्रण ब्यूरो(एनसीबी)ले शनिबार अभिनेता अरमान कोहलीलाई पक्राउ गरेको छ । एनसीबीका अनुसार अरमान कोहलीलाई आइतबार अदालतमा उपस्थित गराइँदैछ ।
अभिनेता कोहलीलाई लागू औषध ऐनको परिच्छेद २१(ए), २७(ए), २८, २९, ३० र ३५ बमोजिम कारबाही अगाडि बढाइएको छ । एनसीबीले शनिबार नै कोहलीको अन्धेरीस्थित घरमा खानतलासी गरेको थियो । खानतलासीको क्रममा थोरै परिमाणमा कोकिन बरामद गरेको थियो । लागू औषध बरामदपछि उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।
कोहलीसँगै एनसीबीले लागू औषध आपूर्तिकत्र्ता अजय राजु सिंहलाई मुम्बईको हाजी अलिस्थित वर्ली क्षेत्रबाट २५ ग्राम लागू औषधसहित नियन्त्रणमा लिएको छ । सिंहसँग सोधपुछको क्रममा अरमान कोहलीको नाम आएपछि प्रहरीले कोहलीको घरमा खानतलासी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?