logo
२०८१ बैशाख ८ शनिवार



‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुवन्धित

मनोरञ्जन |


‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुवन्धित


यलु जाेशी
काठमाडौ, साउन २८ गते । निर्देशक शोभित बस्नेतको नयाँ चलचित्र ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसी अनुवन्धित हुनुभएको छ ।
निशेषधाका कारण रोकिएको चलचित्र छायाङ्कन यही भदौ ५ गतेबाट सुरु गर्ने निर्माण पक्षले जनाइएको छ ।

चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमारलगायत अभिनय गर्ने भएको छ । करिब १६ वर्षपछि केसी र शिव श्रेष्ठले सहकार्य गर्न लाग्नुभएको हो ।

बुढा सुब्बाको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीले निर्माण गर्नुभएको हो । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायाङ्कन, शिव मुखिया र एलिश कार्कीको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?