logo
२०८० चैत्र १६ शुक्रवार

  दृश्य समाचार  



विस्तारै फस्टाउँदै गएको चलचित्र क्षेत्रलाई कोभिडले नराम्राे धक्का दियाे

मनोरञ्जन |


विस्तारै फस्टाउँदै गएको चलचित्र क्षेत्रलाई कोभिडले नराम्राे धक्का दियाे


मनाेजरत्न शाही /केशव गुरूङ्ग

काठमाडौं, साउन २३ गते । कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । दोस्रो कोरोनाको लहर रोकथाम र नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो हुँदै गएको छ । निषेधाज्ञा खुलेसँगै अरु क्षेत्र चलयमान भए पनि चलचित्रल क्षेत्र खुल्ने कुनै टुङ्गो छैन ।

दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्ने छ । सरकारले चलचित्र क्षेत्रलगायत केही क्षेत्र खुल्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन ।
नेपालमा मात्र नभएर संसारमै कोभिडले सबैभन्दा बढी प्रभावित पारेको क्षेत्र भने त्यो चलचित्र क्षेत्र नै भएको चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभएको छ ।
‘किन भने कोभिडको प्रवृति कस्तो देखियो भने, भीडभाड हुन नहुने, भौतिक दूरी कायम गर्नुपर्नेलगायतका कुराहरुले देखियो,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘चलचित्रमा निर्माणदेखि प्रदर्शनसम्म आइपुग्दा भीडभाड चाहिन्छ । यसले गर्दा कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभाव चलचित्र क्षेत्रमा परेको छ ।’
हाम्रो जस्तो देशमा विस्तारै फस्टाउँदै गएको चलचित्र क्षेत्रलाई कोभिडले नराम्ररी धक्का दिएको उहाँले बताउनुभयो । ‘यो एउटा अपूरणीय क्षति हो । यो चलायमान हुन धेरै वर्ष संघर्ष गर्नुपर्छ,’ उहाँले भन्नुभयो,‘जब म चलचित्र बोर्डको अध्यक्ष भएर आएँ त्यसबेला मध्य लकडाउन चलिरहेको थियो । लकडाउनकै बीचमा म नियुक्त भएको हुँ ।’ यस अवस्थामा श्रमजीवी चलचित्रकर्मीहरुको अवस्था एकदमै नाजुक अवस्था रहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?