logo
२०८१ बैशाख ७ शुक्रवार



आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या

अन्तर्राष्ट्रिय |


आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या
तस्विर-फाइल


बग्दाद, साउन १६ गते। इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् ।
इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।
सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ । उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए ।
उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?