logo
२०८० चैत्र १५ बिहीवार



अभिनेत्री शिल्पा शेट्टीकी श्रीमान राज कुन्द्रा पक्राउ परे

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


अभिनेत्री शिल्पा शेट्टीकी श्रीमान राज कुन्द्रा पक्राउ परे
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ६ गते । बलिऊड अभिनेत्री शिल्पा शेट्टीकी श्रीमान राज कुन्द्रालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । यौन चलचित्र उत्पादन तथा प्रसारण गरेको आरोपमा कुन्द्रालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फिल्मको उत्पादनपछि इन्टरनेट एप्लीकेशन मार्फत् कुन्द्राले फिल्म प्रसारणमा संलग्न रहेको आरोपमा मुम्बई प्रहरीले कुन्द्रालाई पक्राउ गरेको हो । सोमबार साँझ मात्रै प्रहरीले ४५ वर्षीय कुन्द्रालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उक्त प्रकरणमा कुन्द्राको संलग्नता प्रमाणित गर्ने थुप्रै प्रमाण रहेको दाबी गरेको छ ।
सन् २०१५ मा कुन्द्रामाथि क्रिकेटको कुनै पनि गतिबिधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो । राजस्थान रोयलको मालिक हुँदा कुन्द्राम्याच फिक्सिङ प्रकरणमा दोषी ठहर भएका थिए ।
शिल्पा शेट्टी र कुन्द्रा दुई सन्तानका आमाबुवा हुन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?