logo
२०८१ बैशाख ६ बिहीवार



बलिउड अभिनेता आमीर खान र किरण राउले सम्बन्धविच्छेद रोजे

मनोरञ्जन |


बलिउड अभिनेता आमीर खान र किरण राउले सम्बन्धविच्छेद रोजे
तस्विर-इन्स्टाग्राम


गोरखापत्र अनलाइन

काठमाडौं, असार १९ गते । बलिउडका चर्चित अभिनेता आमीर खान र फिल्म प्रोड्युसर किरण राउ सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेका छन् । १५ वर्षअघि बैवाहिक बन्धनमा बाँधिनुभएका आमीर र किरणको जोडीले शनिबार सम्बन्धबाट अलग्गिने निर्णयमा पुगेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दुबैजनाले शनिबार एक संयुक्त वक्तब्य जारी गर्दै अलग्गिए पनि छोरा आजादको अभिभावकीय जिम्मेवारीमा रहीरहने जनाएका छन् । वक्तब्यमा लेखिएको छ, “अब अलग बसेपनि साझा परिवारको रुपमा रहीरहने र छोरा आजादप्रति दुबैजना समर्पित भएर हुर्काउनेछौं ।”

सम्बन्धबिच्छेद सम्बन्धको समाप्ती मात्रै नभएर नयाँ यात्राको सुरुवात रहने उल्लेखसहित वक्तब्य टुंग्याइएको छ ।

दुबैजना पहिलो पटक बलिउड चलचित्र ‘लगान’को सेटमा भेटेका थिए । किरण राउ लगान चलचित्रका सहायक निर्देशक हुनुहुन्थ्यो । केही समयसँगै बिताएपछि सन् २००५ को डिसेम्बरमा दुबैजनाले सम्बन्धलाई औपचारिक दिएका थिए । सन् २०११ किरण राउ र आमीर खानको पहिलो सन्तान आजादको जन्म भएको थियो ।

त्यसअघि, रीना दत्तसँगको १६ वर्षे बैवाहिक सम्बन्धबाट सन् २००२ मा आमीर अलग हुनुभयो । रीना दत्त र आमीरको एक छोरी इरा र छोरा जुनैद छन् ।
आमीर खानको नयाँ चलचित्र ‘लाल सिंह चड्डा’ रिलिजको तयारीमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?