logo
२०८० चैत्र १६ शुक्रवार



वाढीले पुल बगाउँदा बागलुङ दक्षिण क्षेत्रको सडक सञ्जाल टुट्यो

प्रदेश |


वाढीले पुल बगाउँदा बागलुङ दक्षिण क्षेत्रको सडक सञ्जाल टुट्यो



नवीन शिशिर विक
बागलुङ, असार २ गते । अविरल वर्षाको कारण काठेखोला खोलामा आएको वाढीले मालढुंगा–कुश्मीसेरा सडकमा निर्माण भएको पुल भत्किएको छ । वाढीले पुल आसपासको सडक बगाउँदा बागलुङको दक्षिण क्षेत्र जोड्ने सडक सञ्जाल पूर्ण रुपमा टुटेको हो ।
वाढीले काठेखोला पुलमा वाढीले ठूलो क्षति पु¥याएको छ । मंगलबार राति काठेखोलामा आएको वाढीले पुलको छेउछाउको भाग बगाएर सडक सञ्जाल पूर्ण रुपले विच्छेद भएको बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिनुभयो ।

पुल भत्किएपछि बागलुङको दक्षिण क्षेत्रको सिधा यात्रा टुटेको छ । बागलुङ नगरपालिका– १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका नागरिकलाई बागलुङ बजार आउजाउमा समस्या भएको छ ।
यस्तै, शनिबार साँझदेखि परेको अविरल बर्षाको कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर पहिरोको जोखिममा परेका छन् ।

अविरल वर्षाको कारण जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीका ८ घर र काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका तीन घर पहिरोको उच्च जोखिममा परेका हुन् । वर्षको कारण बस्ती तलबाट पहिरो जान थालेपछि जैदीका ८ घर पहिरोको उच्च जोखिममा परेको स्थानिय रेशम गिरीले जानकारी दिनुभयो । उहाँले पहिरोको कारण तीन घर परिवार आफन्तको आश्रय लिन बाध्य भएको जानकारी दिनुभयो ।
पहिरोको कारण कालिदाश शर्मा, लेखनाथ शर्मा र दिपक शर्माको परिवार आफन्तको आश्रय लिएर बस्न बाध्य भएका थिए । घर पहिरोको उच्च जोखिममा परेपछि घरमा रहेका भाँडा, लत्ता कपडा समेत सुरक्षित स्थानमा सारिएको छ ।

काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सडक माथिबाट आएको पहिरोको कारण तीन घर विस्थापित भएका छन । रेश हुँदै बागलुङ बजार जोड्ने सडकखण्ड अन्तरगत जिरेदीको कालिका मन्दिरदेखि गगनपानी सम्मको सडकमा माथिबाट खसेको पहिरोको सडक माथि र सडम मुनिका तीन घर विस्थापित भएको स्थानिय भुमिराज शर्माले जानकारी दिनुभयो ।

सोमबार विहान २ बजेदेखि लगातार पहिरो खसिरहेकोले सडक माथिका कृष्ण जिसी, बल बहादुर जिसी र सडक मुनीको चित्र बहादुर कार्कीको घर उच्च जोखिममा परेको वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । विस्थापित तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?