logo
२०८० चैत्र १६ शुक्रवार



दुई हजार १४ थपिए, तीन हजार ८२ कोरोनामुक्त, ५२ को मृत्यु

स्वास्थ्य |


दुई हजार १४ थपिए, तीन हजार ८२ कोरोनामुक्त, ५२ को मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार १४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा आठ हजार ६८७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार १४ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १४ हजार २१६ पुगेको छ । चार हजार ३३५ नमूनाको एन्टीजेन परीक्षण गरिएकोमा ८१४ को रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ८२ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४३ हजार ५२१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८८.५ प्रतिशत पुगेको छ । हाल ६२ हजार १३७ जना सक्रिय सङ्क्रमित छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ५२ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा आठ हजार ५५८ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?