logo
२०८१ बैशाख १२ बुधवार



‘एनआरएन द सिङ्गर’ नाम साङ्गीतिक रियालिटी शो आयोजना हुने

मनोरञ्जन |


‘एनआरएन द सिङ्गर’ नाम साङ्गीतिक रियालिटी शो आयोजना हुने


लण्डन समाचारदाता
लण्डन,जेठ १७ गते ।‘एनआरएन द सिङ्गर’ नाम साङ्गीतिक रियालिटी शो आयोजना गर्ने ते । विश्वभरि छरिएर रहेका नेपाली प्रतिभालाई चिनाउने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भएको छ ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले यस कार्यक्रममार्फत नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यतm गर्नुभयो ।
जुन २१ बाट शुरु हुने कार्यक्रमा १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउनेछन् । प्रतियोगिताको निर्णायकमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहनु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?