logo
२०८० चैत्र १५ बिहीवार



कोरोना भाइरसका नौ हजार ३१७ सङ्क्रमित थपिए, २२५ जनाको मृत्यु

स्वास्थ्य |


कोरोना भाइरसका नौ हजार ३१७ सङ्क्रमित थपिए, २२५ जनाको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २८ गते । पछिल्लो चौबीस घण्टामा कोरोनाका ९हजार ३१७ नयाँ सङ्क्रमित थपिएका छन् भने २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । साथै सो अवधिमा पाँच हजार २२५ जना निको हुनुभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो अवधिमा परीक्षण २१ हजार ३१६ जनाको परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार लाख १३ हजार १११ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २२५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल ९७ हजार ८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार हाल ४४८ जना क्वारेन्टिनमा छन् । हालसम्म तीन लाख १२ हजार १९ जना निको भएकोमा आजसम्म चार हजार ४८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?