logo
२०८० चैत्र १६ शुक्रवार



चीनबाट अक्सिजन सिलिन्डर बोकेको जहाज काठमाडौं आइपुग्यो

स्वास्थ्य |


चीनबाट अक्सिजन सिलिन्डर बोकेको जहाज काठमाडौं आइपुग्यो


गाेरखापत्र अनलाइन

काठमाडौं,वैशाख २८ गते । चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर बोकेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ । चार सय अक्सिजन सिलिन्डर लिएर आज दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । उक्त जहाजले ४ सय सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायत भेन्टिलेटरका सामान ल्याएको हो ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये चारसय थान आज ल्याइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?