logo
२०८० चैत्र १६ शुक्रवार



बलिऊड अभिनेत्री कँगना रनौटमा कोरोना सङ्क्रमण

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


बलिऊड अभिनेत्री कँगना रनौटमा कोरोना सङ्क्रमण
तस्विर सौजन्य-कँगना रनौटको इन्स्टाग्राम


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २५ गते । भारतको बलिऊडकी चर्चित नायिका कँगना रनौट कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी साझा गर्दै उक्त भाइरसको प्रकोप सामान्य फ्लु रहेको र छिट्टै आफूले परास्त गर्ने बताउनुभएको हो ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा शनिबार बिहान उहाँले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी साझा गर्नुभएको छ । केही असहज महसुस भएपछि आफूले परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको रनौटलाई उद्र्धत गर्दै भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सको अनलाइन संस्करणले उल्लेख गरेको छ । उहाँले इस्टाग्राममा लेख्नुभएको छ, “म हिमाचल प्रस्थान गर्न लागेको थिएँ, प्रस्थान अघि हिजो परीक्षण गराउँदा आज पोजेटिभ रिपोर्ट आएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?