logo
२०८१ बैशाख ७ शुक्रवार



भारतका चर्चित सङ्गीतकार श्रवणको कोरोना सङ्क्रमणबाट मृत्यु

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


भारतका चर्चित सङ्गीतकार श्रवणको कोरोना सङ्क्रमणबाट मृत्यु
तस्विर-इन्डियन एक्सप्रेस


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १० गते । भारतको बलिउडका चर्चित सङ्गीतकार श्रवण राथौडको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बिहीबार राति ६६ वर्षीय श्रवणको मुम्बईस्थित रहेजा अस्पतालमा मृत्यु भएको हो ।
केही दिन अघि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका श्रवणको स्वास्थ्य अवस्थामा सुधार नभएपछि मुम्बईस्थित रहेजा अस्पतालमा भर्ना गरिएको थियो । भारतीय अखबार इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले श्रवणको गए राति अस्पतालमा उपचारकै क्रममा निधन भएको उल्लेख गरेको छ ।
सन् १९९० को दशकमा ‘साजन’, ‘सडक’, ‘आशिकी’, ‘दिवाना’, ‘दिल है की मानता नहिं’, ‘राजा हिन्दूस्तानी’ लगायतका दर्जनौं फिल्ममा सङ्गीतको लय भरेका नदीम श्रवणको जोडीलाई भारतीय सङ्गीतलाई नयाँ उचाइमा पुर्याएको श्रेय जान्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?