logo
२०८० चैत्र १५ बिहीवार



साम्राज्ञी शर्मा- मिस टिन २०२१ प्रदेश १

मनोरञ्जन |


साम्राज्ञी शर्मा- मिस टिन २०२१ प्रदेश १


बिर्तामोड समाचारदाता
बिर्तामोड, वैशाख १ गते । मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिवारीकी साम्राज्ञी शर्माले जित्नुभएको छ । मंगलवार विर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेको आयोजक ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टोर प्रणित पुडासैनीले जानकारी दिनुभयो ।
उपाधि विजेता शर्माले नगद ५० हजार सहित ट्रफि र ताज पाउनुभएको छ । साथमा अध्ययनका लागि छात्रबृत्ति समेत पाउनुभएको छ । यस्तै, मिस टिन प्रदेश १ को फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई हुनुभएको छ उहाँहरुले क्रमशः नगद २० र १५ हजारसँगै ट्रफि पाउनुभएको छ । उहाँहरुले समेत छात्रवृति पाउनुभएको आयोजकले बताउनुभयो ।
प्रतियोगितामा प्रदेश १ का २१ जना प्रतियोगी सहभागी रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?