logo
२०८१ बैशाख ८ शनिवार



वरिष्ठ गायक योगेश वैद्य पुरस्कृत

मनोरञ्जन |


वरिष्ठ गायक योगेश वैद्य पुरस्कृत


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २८ गते । बरिष्ठ गायक योगेश वैद्यलाई विन्ध्यवासिनी लाईफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसक्नुभएका गायक वैद्यलाई उहाको घरमै गएर एक लाख रुपियाँ राशिसहितको सो अवार्ड प्रदान गरिएको हो । विन्ध्यवासिनी म्युजिक प्रा.लि. र विन्ध्यवासिनी फाउन्डेशनले हरेक वर्ष गीत सङ्गीतको क्षेत्रमा योगदान पुर्याउने श्रष्टालाई सो अवार्ड प्रदान गर्दै आइरहेको छ । यसैगरी, गायिका कुन्ती मोत्तानलाई संगीत साधना सम्मान प्रदान गरिएको छ । सो सम्मानको राशि ५० हजार रुपियाँ रहेको छ । यस्तै, गायिका माण्डवी त्रिपाठीलाई ‘संगीत रत्न सम्मान’ र पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान’ प्रदान गरिएको छ । सो सम्मानको राशि जनही २५ हजार रुपियाँ रहेको छ । विविध सांस्कृतिक कार्यक्रमसहित शनिबार सम्पन्न कार्यक्रममा नायक पल शाह र नायिका अनु शाहले पपूलर अवार्ड प्राप्त गरेका छन् । त्यस्तै, दुबईमा रहेका सुरज गैरे विवशलाई अन्तराष्ट्रिय संगीत सम्मान, गायक नरेश खातीलाई पब्लिक च्वाईस अवार्ड र गायक रमेशराज भट्टराई र गीतकार बी पाण्डेलाई जुरी अवार्ड प्रदान गरिएको विन्ध्यवासिनी फाउण्डेसनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?