logo
२०८१ बैशाख १३ बिहीवार



भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण 

मनोरञ्जन |


भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण 


       
मुम्बई, चैत २२ गते ।  हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ । उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ ।     

अभिनेता कूमारले आफू होम क्वारिन्टिनमा रहेको र आवश्यक औषधिहरु सेवन गरिरहेको बताउनुभएको छ भने आफ्नो स्वास्थ्य सामान्य रहेको पनि बताउनुभएको छ ।     
कोभिड–१९ को सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि यूरोपेली मुलुकका साथै केही एशियाली मुलुकहरू पनि बढी प्रभावित बनेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?