logo
२०८१ बैशाख १३ बिहीवार



बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती ‘बीजेपी’मा प्रवेश गरे

मनोरञ्जन |


बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती ‘बीजेपी’मा प्रवेश गरे
तस्विर-डेक्कन हेराल्ड


एजेन्सी
काठमाडौं, फागुन २३ गते । भारतको बलियडका चर्चित अभिनेता मिथुन चक्रवर्ती सत्तारुढ भारतीय जनता पार्टी(बीजेपी)मा प्रबेश गर्नुभएको छ । मिथुन चक्रवर्ती बीजेपीका बंगाल राज्यका प्रमुख दिलीप घोषको उपस्थितिमा दल प्रबेश गर्नुभएको हो ।
७० वर्षीय मिथुन चक्रवर्ती पश्चिम बंगालको प्रतिनिधित्व गरी त्रिणमूल कँग्रेसको मनोनयनमा दुई वर्षका लागि राज्यसभा सदस्य हुनुभएको थियो । उहाँ राज्यसभा सदस्यबाट राजिनामा गरेर बीजेपी प्रवेश गर्नुभएको हो । राज्यसभा चुनावको पूर्बसन्ध्यामा मुख्यमन्त्री ममता बेनर्जीले नेतृत्व गर्नुभएको त्रिणमूल कँग्रेस परित्याग गरी बीजेपी प्रवेश गर्नेहरुको सख्ंया बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्रिणमूल कँग्रेसका सांसद दिनेश त्रिवेदी गत शनिबार बीजेपीमा प्रवेश गर्नुभएको थियो । दर्जनौं हिट फिल्म दिएर सन् १९७० र १९८० को दशकमा चक्रवर्ती बलिउडका चर्चित अभिनेताको रुपमा गनिनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?