logo
२०८० चैत्र १६ शुक्रवार



ट्रक आपसमा जुद्धा दुई चालकको मृत्यु

खुला |


ट्रक आपसमा जुद्धा दुई चालकको मृत्यु


ज्ञानु पंगेनी/हाेमराज रानाभाट

कावासोती , माफुग १८ गते । नवलपरासी पूर्व ( नवलपुरमा ) सोमबार राति भएको सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार देवचुली नगरपालिका –२, दुम्कौली चोकस्थित नवनिर्मित कल्भर्ट नजिक दुई वटा ट्रक एकआपसमा ठक्कर खाँदा दुई जना चालकको घटनास्थलमै मृत्यु भएको हो ।पुर्वबाट आउँदै गरेको ना ७ ख ७०२३ नम्वरको ट्रक र पश्चिमबाट जाँदै गरेको ना ६ ख ३०११ नम्वर को ट्रक एक आपसमा ठक्क्र खाँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा ना ७ ख ७०२३ नम्वरका चालक हेडौटा उपमहानगरपालिका घर भएका ३४ वर्षीय राजकुमार न्यौपाने र अर्काे ट्रकका चालक पोखरा महानगरपालिका घर भएका ५१ वर्षीय खेमबहादुर विश्वकर्मा रहेको डिएसपी गिरीले जानकारी दिनुभयो ।ट्रकका सहचालक बबई गाउँपालिका ६ दाङका २३ बर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते भएको र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?