logo
२०८० चैत्र १६ शुक्रवार



‘ह्याउँ ख्वाः मिसा’ सार्वजनिक

मनोरञ्जन |


‘ह्याउँ ख्वाः मिसा’ सार्वजनिक



गोरखापत्र समाचारदाता
काठमाडौं, माघ २५ गते । सुरेन्द्र मानन्धरको निर्देशनमा सुरजबीर बज्राचार्यको लेखनमा निर्मित नेपालभाषाका गायककार रेवन्त लाल श्रेष्ठको व्यङ्ग्यात्मक म्यूजिक भिडिओ ‘ह्याउँ ख्वाः मिसा’ आइतबार काठमाडौंमा सार्वजनिक भएको छ ।
कार्यक्रममा वरिष्ठ गायकक जुजुकाजी रञ्जितले नेपालभाषामा जति पनि साहित्य, संगीत सिर्जना भइरहेको छ त्यो व्यवसायिक नभै निस्वार्थ भावले भइरहेको बताउनुभयो ।
त्यसैगरी, वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले अहिलेको आफ्नो भाषाप्रति उत्साहित भई म्युजिक भिडिओमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम गर्नुे सबैलाई धन्यवाद दिनुभयो ।
उक्त म्यूजिक भिडिओमा धेरै उमेर अन्तरालको बैवाहिक जीवनमा हुने पीडालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत भइरहेको निर्देशक मानन्धरले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?