logo
२०८० चैत्र १६ शुक्रवार



इब्राहिमोभिकले दुई गोल गर्दा एसी मिलान सिरी ए को शीर्षस्थानमा पुग्यो

खेलकुद |


इब्राहिमोभिकले दुई गोल गर्दा एसी मिलान सिरी ए को शीर्षस्थानमा पुग्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ६ गते । जलाटन इब्राहिमोभिकको गोलमा एसी मिलानले काग्लियारीलाई २–० ले हराएको छ । एसी मिलानले जितसँगै इटाली सिरी ए को शीर्षस्थानमा उक्लेको छ । दोस्रो स्थानको इन्टर मिलानको ४० अङ्क रहेको छ । सामान १८ खेलबाट एसी मिलानले ४३ अङ्क बटुलेको हो । गत आइतबार युभेन्ट्सलाई हराएर इन्टर मिलानले अङ्क तालिकामा एसी मिलानसँग बराबरी गरेको थियो ।
ज्लाटन इब्राहिमोभिकले सातौं मिनेटमा पाउनुभएको पेनाल्टीको अबसरलाई गोलमा परिणत गर्दा एसी मिलानले काग्लियारीमाथि १–० को अग्रता लिएको थियो । ५२ औं मिनेटमा उहाँले गोल थप्दा एसी मिलानले काग्लियारीमाथि २–० को सहज जित हात पार्न सफल भयो । ७४ औं मिनेटमा एलेक्सिस सैलिमेकर्स रातो कार्ड पाएर ग्राउन्डबाट बाहिरिँदा एसी मिलान दश खेलाडीमा सीमित हुन पुगेको थियो ।
इब्राहिमोभिकले गोलपछि सिरीको लगातार १९ घर बाहिरको खेलमा एसी मिलानले गोल गर्ने कीर्तिमानको बराबरी गरेको छ । यसअघि एसी मिलानले सन् १९९२–९३ मा घरबाहिरको लगातार १९ खेलमा जित हात पारेको थियो ।
ज्लाटन इब्राहिमोभिकले भने १३ खेलमा १३ गोल गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?