logo
२०८० चैत्र १६ शुक्रवार



पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा फागुनमा   

खुला |


पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा फागुनमा   
फाईल तस्विर


सिन्धुपाल्चोक, माघ ४ गते। नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो । साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ ।    
    
 देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ गतेलाई तोकिएको आज बसेको शाखाको बैठकले निर्णय गरेको छ । शनिबार पत्रकार महासङ्घको टोली हेलम्बु पुगेको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?