logo
२०८० चैत्र १५ बिहीवार



कोरोना भाइरसका २४० सङ्क्रमित थपिए

स्वास्थ्य |


कोरोना भाइरसका २४० सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ३ गते । नेपालमा कोरोना भाइरसका २४० जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ८१९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४७७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ४४ जना सङ्क्रमित निको भइसकेका छन् ।
हाल चार हजार ५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ५६ जना सङ्क्रमित भएका छन् ।
पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल चार हजार ५८ जना आइसोलेशनमा र २३१ जना क्वारेन्टिनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?