logo
२०८० चैत्र १६ शुक्रवार



एउटा यस्तो प्रेम कहानीको गीत सार्वजनिक

मनोरञ्जन |


एउटा यस्तो प्रेम कहानीको गीत सार्वजनिक
तस्बिर साैजन्य ः मनाेजरत्न शाही


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २१ गते । एक्सन नायक शिव श्रेष्ठले निर्माण गर्न लाग्नु भएकाे एउटा यस्तो प्रेम कहानीको गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मंगलबार गीत सार्वजनिक गरिएकाे हाे ।  कोरोना महामारी सँगै लामो समयसम्म सिनेमा हल बन्द भएको अवस्थामा नेपाली चलचित्रलाई चलाएमान बनाउन नयाँ  चलचित्र ल्याउन लागिएको चलचित्रको गीत सार्वजनिक कार्यक्रममाआयोजकले बताएका थिए ।

शिव श्रेषठकाे आफनै कथामा तयार गरेको चलचित्र एउटा यस्तो प्रेम कहानी नामको चलचित्रको साथमा नायक शिव श्रेष्ठ फेरि एकपटक आउन लाग्नु भएकाे हाे । छिट्टै सार्वजिनक हुने तयारीमा रहेका साे चलचित्रमा चर्चित नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठकै छोरा शक्ति श्रेष्ठले एक साथ  डेब्यू गर्न लाग्नु भएकाे छ  ।
शिव श्रेष्ठ, दिनेश दर्शनधारी तथा यशोदा राईको संय’क्त निमार्णमा साे चलिचित्र तयार हुन लागेकाे हाे ।   निर्देशकमा दिपेश सापकोटा रहनु भएकाे छ भने अन्य कलाकारमा प्रियंका कार्की, आयूष्मान देशराज श्रेष्ठ, बर्षा रावत, बसुन्धरा भुसाल किरण के.सी. राजाराम पौडेल रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?