logo
२०८० चैत्र १६ शुक्रवार



‘मगरनी मोरी’ गीतको भिडियो बजारमा

मनोरञ्जन |


‘मगरनी मोरी’ गीतको भिडियो बजारमा


अमरराज नहकी
तनहुँ, पुस १९ गते । ज्योती मगर र आरसि विश्वकर्माको आवाजमा रहेको ‘मगरनी मोरी’ नामक गीतको म्यूजिक भिडियो बजारमा आएको छ । युटुबमार्पmत् उक्त म्यूजिक भिडियो बजारमा आएको हो ।
गीतको लय र सिर्जना भने स्वयम् गायक विश्वकर्माको रहेको छ । भिडियोमा जिबी चिरान, डिआर सुजन र निशा विश्वकर्मा अभिनय रहेका छ । यस गीतमा मगरनी युवतीको सौन्दर्यताको चर्चा गरिएको छ । भिडियोको छायाङ्कन प्रकाश खड्काले गर्नुभएको छ भने निर्देशन देवेन्द्र कुँवरले गर्नुभएको छ ।
तनहुँको भानु नगरपालिका–१२ कवाचित जन्मघर भएका गायक विश्वकर्माले सात वर्ष अघि देखि गायन क्षेत्रमा सक्रिय छन् । गायक विकको ‘तिमीलाई सम्झी रुन्न’ गीति एल्बम रिलिज भैसकेको छ । सम्झि रुनुमा देवी घर्ती र आरसि विश्वकर्माको स्वर रहेको छ भने लय कृष्ण बिसी, शब्द सागर रेग्मीको रहेको छ । त्यसैगरी, ‘बिषै पिएर’ नामक गीति एल्बममा स्वय गायक र बिमला गैह्रेको स्वर रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?