logo
२०८० चैत्र १६ शुक्रवार



मिस नेवाः का प्रशिक्षार्थी किशोरीद्वारा यःमरि बनाउने कला प्रस्तुत

मनोरञ्जन |


मिस नेवाः का  प्रशिक्षार्थी किशोरीद्वारा यःमरि बनाउने कला प्रस्तुत


गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १५ गते । पन्ध्रौं मिस नेवाः का लागि प्रशिक्षणमा जुटिरहेका नेवार समुदायका किशोरीहरूले बुधबार यःमरि बनाउने कला प्रस्तुत गर्नुभएको छ । प्रशिक्षणमा सहभागी १६ जना किशोरीले पीठो मुछ्ने, चाकु बनाउने, आकर्षक स्वरुपमा यःमरि बनाउने र पकाउने कला प्रस्तुत गरेका थिए । उनीहरूले आ–आफ्नो घरमा समेत यःमरि बनाएर साथीहरूलाई एक आपसमा चखाएका थिए ।
नेप्लीज फेसन होमकी निर्देशक हेमा मानन्धरले मिस नेवाः का लागि प्रशिक्षणमा रहेका किशोरीहरूलाई नेपाल भाषा, संस्कृति, परम्परा, रितिरिवाज, सम्पदाजस्ता विषयमा समेत सीप, ज्ञान र जानकारी दिइने बताउनुभयो । सोही क्रममा नेवार समुदायको विशेष पर्वको रुपमा रहेको यःमरि संस्कृति, परम्परा र महत्वको विषयमा पुर्व मिस नेवाः सुनिता डंगोल र नितु डंगोलले सहभागीलाई जानकारी दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?