logo
२०८० चैत्र १५ बिहीवार



रिपोर्ट निगेटिभ आएपछि कप्तान मल्लसहित तीन खेलाडी बन्द प्रशिक्षणमा सहभागी

खेलकुद |


रिपोर्ट निगेटिभ आएपछि कप्तान मल्लसहित तीन खेलाडी बन्द प्रशिक्षणमा सहभागी
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहितका तीन खेलाडी र एक कर्मचारीमा कोरोना सङ्क्रमणको रिपोर्ट निगेटिभ आएको छ । रिपोर्ट निगेटिभ आएपछि तीनैजना खेलाडी आइतबारबाट बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।
कप्तान मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेलमा सङ्क्रमणको पुष्टि भएपछि मंसिर ११ गतेबाट सुरु भएको बन्द प्रशिक्षणबाट बाहिरिएका थिए । तीनैजना खेलाडी र ग्राउण्ड कर्मचारी प्रदीप लामामा सङ्क्रमणको लक्षण देखिएको थिएन । क्यानले तीनै खेलाडी र कर्मचारीको पुर्नपरीक्षण् गर्दा रिपोर्ट निगेटिभ आएपछि उनीहरु बन्द प्रशिक्षणमा सहभागी भएका हुन् ।
लेग स्पिनर सन्दीप लामिछाने भने सेल्फ आइसोलेशनमै बस्नुहुने भएको छ । सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा आफू कोभिड–१९ बाट सङ्क्रमित भएको उल्लेख गर्दै सङ्क्रमणको पुष्टि गर्नुभएको छ । बिहीबार स्वाब संकलन गरिएकोमा शनिबार उहाँमा सङ्क्रमणको पुष्टि भएको हो ।
नेपाल क्रिकेट संघले आगामी अन्तर्राष्ट्रिय स्पर्धाको तयारी स्वरुप बिहीबारबाट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु गरेको छ ।
छोटो अवधिका लागि बन्द प्रशिक्षणमा सहभागी भएर सन्दीप भने अष्ट्रेलियामा आयोजना हुन बिग बैश लिग खेल्ने दुई सातापछि अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ । डिसेम्बर १० बाट सुरु हुने बिग बैश लिगमा उहाँ होबर्ट हुरिकेन्सको प्रतिनिधित्व गर्नुहुनेछ । यसअघि बीबीएलको दुई संस्करणमा उहाँ मेलबर्न स्टार्सको प्रतिनिधित्ग गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?