logo
२०८० चैत्र १५ बिहीवार



दीपावलीको अवसर पारेर ‘गुञ्जन’को फष्टलुक सार्वजनिक

मनोरञ्जन |


दीपावलीको अवसर पारेर ‘गुञ्जन’को फष्टलुक सार्वजनिक


गोरखापत्र अनलाइन
काठमाडौं, कत्तिक २८ गते । अष्ट महर्जनको निर्देशन रहेको फिल्म ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले फिल्मको एक प्रिमिमय पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक फष्टलुकमा फिल्मका अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्टिक देख्न सकिन्छ । बिगत दुई दशकदेखि फिल्मको द्वोन्द्व निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु फिल्म हो । आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै ‘गुञ्जन’मा खन्याएको अष्टले बताउनुभयो ।
विुद्ध प्रेमकथाको बिषयमा बनेको फिल्ममा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ । प्रितमराजले यसै फिल्मबाट अभिनयमा डेब्यु गनु भएहो हो ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा अभिनेत्री नीता ढुङ्गानाको आकर्षक आइटम डान्स समेत रहेको छ । उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गर्नुभएको छ ।
राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको फिल्मको काठमाडौ, पोखरा, जोमसोममा छायाँकन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?