logo
२०८० चैत्र १५ बिहीवार



कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड   

राष्ट्रिय |


कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड   
तस्विर-फाइल


बुटवल, कात्तिक ८ गते। कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले कृषिमा अनुदान दुरुपयोग रोकेर सुशासनमा जोड दिइएको बताउनुभएको छ । यसको परिणाम केही वर्षपछि मात्रै आउने उहाँको भनाइ छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ४ को वडा भवन कार्यालयको आज शुभारम्भ गर्दै उहाँले स्थानीय सरकारले गरेको सडक वा कुलो निर्माणले राष्ट्रिय विकासमा मद्दत पु¥याउने बताउनुभयो ।

मन्त्री भुसालले बाटो, कुलो, सडक, स्वास्थ्यचौकीलगायत संरचना राम्रो भएको र अझै केही गर्न बाँकी रहेको औँल्याउनुभयो । सो अवसरमा प्रदेशसभाका सदस्य तुल्सी चौधरीले विकासनिर्माणमा प्रतिपक्षीले विरोधका लागि विरोध गरेको आरोप लगाउनुभयो ।

शुद्धोधन गाउँपालिकाका प्रमुख किशुनचन्द्र चौधरी, उपप्रमुख विमला ज्ञवाली, वडाध्यक्ष राजेन्द्र कँडेललगायतले जनताका समस्यालाई केन्द्रमा राखेर गाउँपालिकाले संरचना निर्माण गरिरहेको बताउनुभयो । सो भवन रु ७४ लाखको लागतमा दुई वर्षका अवधिमा तयार भएको हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?