logo
२०८१ बैशाख ८ शनिवार



राजेश हमालको अभिनयसहित म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन |


राजेश हमालको अभिनयसहित म्युजिक भिडियो सार्वजनिक


गोरखापत्र समाचारदाता
काठमाडौं, कात्तिक ६ गते । गायक इन्द्रजित मिजारको स्वरमा आबद्द ’जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गोपाल लोहारको शब्द, सुरेश अधिकारीको सङगीत रहेको सो गीतमा चन्द सिंहले संगीत संयोजन गर्नुभएको हो ।
चलचित्र देउतामा समावेश ’अब यो बाटो मेरो हो ’ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा महानायक राजेश हमाल अभिनयले गर्नुभएको हो ।
नायक हमालको साथमा भिडियोमा आज्ञा खतिवडा र दिलिप केसीको अभिनय रहेको छ ।
समी श्रेष्ठले कोरियोग्राफी गरेको भडियोलाई श्याम तामाङले छायांकन रहेको छ । गीतकार लोहारको अफिसिएल च्यानल ’गोलो प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?